निराकरण सम्वाददाता अछाम :कार्यालय सहयोगी नियुक्तिको बिषयलाई लियर स्वास्थ चौकीमा तालाबन्दी गरिएको छ। अछामको तुर्माखाद गाउँपालीका २ भुलुमा रहेको स्वास्थ्य चौकीमा तालाबन्दी गरिएको हो ।
बिहीबार स्वास्थ चौकीका जग्गा दाता पदम बिष्टकि छोरी भावना बिष्टले
कार्यलय सहयोगी नियुक्ति गरेको बिषयलाई लियर तालाबन्दी गरिएको वडा अध्यक्ष शुभ राज जोशिले बताए ।
वडा अध्यक्ष जोशिका अनुसार जग्गा दाता बिष्टकी छोरीले समेत कार्यलय सहयोगी दर्खास्त दिएकी परिक्षामा उतिर्ण अर्कै भएपछि आफुले जागिर पाउनुपर्ने भन्दै तालाबन्दी गरेकी हुन।









