Advertisement
SKIP THIS
कांग्रेस अछामको टिम यस्तो बन्यो, ४ पदाधिकारीमा यी उम्मेदवार निर्वाचित भए

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ। यश अघि नै सभापतिमा  पु्ष्प शाह निर्वाचीत भईरहेका छन। गय राति सम्पन्न भएको मतगणना उपसभापतिमा स्वार प्यानलका चन्द्र ढुंगानाले ६ सय ८८ मत ल्याई बिजयी भए भने शाह प्यानलका नयाँ बजगाईले ५ सय ३६ मत ल्याई बिजयी भए। उप सभापतिका अन्य उम्मेदवार टेक बहादुर साउदले ४ सय ९६ ,धन बहादुर शाहीले ४ सय ६६ र ललित कुवरले ४ सय ४९ मत ल्याए।

सचिवमा शाह प्यानलका टक्कर शाह ६ सय ५७ र स्वार टीमका प्रकाश साउँद ४सय ८७ मतका बिजयी भएका छन ।यस्तै सचिव पदका अन्य उम्मेदवार सुरत बुड्थापाले ४सय २३,पुष्प बिष्टले ४ सय १५,नरेन्द्र कुँवरले ३ सय ३०,र अनिल बिष्टले २ सय २३ मा पाए।

यस्तै सहसचिवमा  शाह प्यानलका गोबिन्द्र बिष्टले ६ सय ८२ र स्वार प्यानलका दिनेश कुमार स्वारले ५ सय ८२ मतका साथ बिजयी भए,सहसचिवका अन्य उम्मेदवार खगेन्द्र बहादुर खड्काले ५ सय ५६ ललित बहादुर साउदले ४सय २० र हिक्मत बहादुर धामीले २ सय ६३ मत पाए।

तपाईको प्रतिक्रिया