Advertisement
SKIP THIS
डोटी महोत्सव चैत २ गते देखि १२ गतेसम्म लाग्दै

राज पार्की, डोटी:  युग युग सम्म देखियो पल्टाउदा इतिहासको पाना, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहना भन्ने मूल नारा बोकेर चैत्र २ गते देखि डोटिमा महोत्सव लाग्ने भएको छ ।

योगदान राष्ट्रका लागि डोटिको आयोजनामा हुन लागेको महोत्सव  चैत्र २ गते देखि १२ गते सम्म लाग्ने भएको छ ।महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रिय कलाकारको उपस्तिथि रहने छ । महोत्सवमा र्‍याफि्टङ, चर्का, डुङ्गाबाट पनि मनोरञ्जन लिन सक्ने सोमबार सिलगढिमा पत्रकार सम्मेलनमा योगदान राष्ट्रका लागि डोटि जिल्लाका अध्यक्ष दिपक खातिले बताए ।

महानायक राजेश हमाल, गायक पशुपति शर्मा, प्रकाश सपुत, नन्दकृष्ण जोशी, भुवन दहाल चक्र बम, टन्क तिमिल्सिना, गायिका ज्योति मगर रेखा जोशि लगाएत ख्यातिप्राप्त कलाकारहरु सङ्गै स्थानीय कलाकारको उपस्थिति रहने भएको छ ।

महोत्सव भित्र प्रवेश गर्नको लागि रु १०० टिकट तोकिएको छ  योगदान राष्ट्रका लागि डोटिका सदस्य तथा कलाकार गणेश साउद जिसिले जानकारी दिएका छन । महोत्सवमा करिब ३० लाख रुपैया लगानी गर्ने र रु. ५० लाख आम्दानी गर्ने लक्ष्य आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया