निराकरण सम्वाददाता अछाम:दुई वा सो भन्दा बढी पार्टीबिच निर्वाचन हुदाँ साम दाम दण्ड भेद प्रयोग भईरहेको छ। तर नेपाली कांग्रेस जिल्ला सभापतिमा भईरहेको मतदानमा भने कुनै अन्य राजनीतिक दलसँग भएको निर्वाचन भन्दा भरक छैन।
२ सभापतिका उमेदवार भरत कुमार स्वार र पुष्प शाहका समर्थक नाराबाजी गर्दै भोट मागिरहेका छन। हात देखि निर्वाचन भईरहेको क्षेत्रमा पम्लेट,पर्चा जहातहि छन। मंगलसेनमाका होटल हरु नेता तथा कार्यकर्ताले भरिभराउ छन।
टाढाबाट आ आफ्ना पक्षमा मतदातालाई बस, गाडि रिजर्भ गरेर ल्याउने, पठाउने काम भईरहेको छ। समाचार स्रोतका अनुसार मतदाता किन्ने , कसैलाई आसन्न स्थानीय तहको निर्वाचन सहित आगामी निर्वाचनमा टिकट दिने सम्मका सम्झौता भएको दाबि छ । १५ अधिबेशन सम्म त सभापतिमा लड्न १ करोड खर्च चाहिने कार्यकर्ताहरु नै बताउँछन।
एउटै पार्टी तर अन्य कुनै पार्टीका सँग प्रतिस्पर्धा गरे जसरी गर्नु फजुल खर्च मात्रै होइन, आसन्न निर्वाचनमा अन्तरघातको बिजारोपण गर्नुनै भएको एक कार्यकर्ताले बताए । यस्तै पार्टी भित्रको लोकतान्त्रिक परिपाटीको नाममा बढीनै गर्दा कुनै समयमा निकै बलियो मानिएको नेपाली कांग्रेस हाल कमजोर मात्रै होइनन् झन कमजोर हुदै गएको कांग्रेस प्रति आस्थावान भएको भनाइ रहेको छ।









