निराकरण सम्वाददाता डोटी:बागेश्वरी असल शासन क्लब बास नेपालले डोटीमा चार जना असहाय तथा बिपन्न बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
आमाबुवा नभएका परिवारको आर्थिक अवस्था कमजोर भएका पठनपाठनमा समस्यामा रहेका बालबालिकाहरुलाई नगद रकम हस्तान्तरण गरेको हो ।
सहयोग अन्र्तगत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगाँउ बस्ने पद्म पब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत आमा बुवा नभएका बाजे बज्यैको सहारामा बस्दै आएकी वर्ष १५ की जानकी नेपाली, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ कुन्जेडी घर भएका आमा बुवा नभएका बज्यै संगै बस्दै आएका पद्मपब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बर्ष १३ का छत्र कुन्जेडा, दिपायल सिलगढी वडा नम्बर ६ मुलढोका बस्ने वर्ष १२ का आमा बुवा नभएका कक्षा १ मा अध्ययनरत पवन बिक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातोली घर भएकी बुवा नभएको पद्मपब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत वर्ष १५ की रेचल बिकलाई पठन पाठनमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरिएको हो ।
युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्धारा संचालित बाल संरक्षण कार्यक्रम अन्र्तगत जोखिममा रहेका आमाबुवा नभएका बालबालिकाहरुलाई सहयोग गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । उनले भने बालबालिकाहरुको पढाई लेखाईमा केही राहात होस भन्ने हेतुते सहयोग गरेको र आगामी दिनमा जिल्लाका अन्य पालिकामा रहेका जोखिममा परेका बालबालिकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको समेत बताए । सोमबार शिखरनगरपालिकाका दुई जना बालबालिकालाई थप सहयोग गर्ने कार्यक्रम रहेको समेत अधिकृत मौनीले बताए । बालबालिकाहरुलाई सहयोग रकम बाफत जनही पाचँ हजारका दरले हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा पद्म पब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिद्धराज जोशी , प्रधानाध्यापक केशब राज ओझा, जिल्ला प्रहरी कार्यालय डोटी महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक राम नाथ बासका कर्मचारी स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।
बास नेपालले युनिसेफको सहयोगमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम, र जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना संचालमा गरिरहेको छ ।










