Advertisement
SKIP THIS
दोस्रो चरणको निर्वाचनमा भरत स्वारलाई समर्थन गर्ने राजन कुँवर समूहको निर्णय

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि सभापतिका सोमबार बिहान पुनः मतदान हुने भएको छ।

सभापतिको पहिलो चरणको निर्वाचन बाट बाहिएका राजन कुँवरको समुहले भरत कुमार स्वारलाई समर्थन गर्ने निर्णय गरेको छ। 

शनिबार भएको मतदान पछि गणना भएको कुल १५ सय २० मतमा सभापतिका उम्मेदवार पुष्प शाहले ६ सय ९५ , भरत कुमार स्वार ५ सय ७३ र राजन कुँवरले १ सय ५६ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया