निराकरण सम्वाददाता अछाम:निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि सभापतिका लागि पुनः मतदान हुने भएको छ।
सोमबार बिहान बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म सभापतिका लागि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। शनिबार भएको मतदान पछि गणना भएको कुल १५ सय २० मतमा सभापतिका उम्मेदवार पुष्प शाहले ६ सय ९५ , भरत कुमार स्वार ५ सय ७३ र राजन कुँवरले १ सय ५६ मत प्राप्त गरेका थिए । शाह र स्वार देउवा पक्षका हुन भने तेस्रो नम्बरमा मत पाएका कुँवर शेखर पक्षका थीए।
दोस्रो चरणमा निर्वाचीत हुन सभापति उम्मेदवार पुष्प शाहलाई
६६ मत आवश्यक रहेको छ ।कुल खसेको मतमा ९६ बदर भएका थिए।
यश अघि निर्वाचन समितिले साझँ ७ बजेसम्म सहमति नभए निर्वाचन हुने सुचना प्रकाशित गरेको थियो । साझँ ७ बजेसम्म सहमति नभएको अधपि बिहान निर्वाचन हुनुपुर्ब सम्म सहमति गर्न सकिने निर्वाचन समितिले जनाएको छ। सहमति नभए बिहान ८ बजे देखि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। सभापति सहमतिको सम्भावना लगभग सकिएको,दुबैपक्ष मतदाता सुझाउन लागिपरेका छन । नतिजा कसरी आफ्नो पक्षमा पार्ने भनेर लागिपरेका छन।









