Advertisement
SKIP THIS
नेपाल रेडक्रस सोसाइटी सुनादेवि उप-शाखाकाे सभापतिमा कडायत

निराकरण सम्वाददाता  डाेटि :”म सेवा गर्छु” भन्ने मुल मन्त्र लाइ आत्मसात गर्दै नेपाल रेडक्रस सोसाइटी सुनादेवि उप-शाखा लडागडाकाे प्रथम अधिवेशन शनिवार सम्पन्न भयकाे छ ।अधिवेसनबाट मान बहादुर कडायत सभापतिमा निर्विरोध चयन भयका छन।

याे भन्दा अगाडी तदर्थ समिति गठन गरिसके पछि हाल बिधिवत रुपमा नेपाल रेडक्रस जिल्ला शाखा डाेटिले अनुमति प्रदान गरेपछि उक्त उप-शाखाले वैधानिक्ता प्राप्त गरी प्रथम अधिवेशन सम्पन्न गरेकाे हाे।

अधिवेशनबाट सभापतिमा मान वहादुर कडायत,उप-सभापतिमा ढुल्लि देवि साउद,काेषाध्यक्ष तिर्मल कुन्जेडा,उप काेषाध्यक्षमा पदम बहादुर साउद,सचिवमा दल वहादुर कडायत,उप सचिवमा चक्र वहादुर साउद लगायत ११ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन भयकाे हाे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेशका महासचिव देव बहादुर वाेहाेरा,जिल्ला शाखा डाेटिका सभापति लाछिराम कुँवर,उप सभापति खडक बहादुर खड्का, सदस्य शेर वहादुर बोहरा,शाखा प्रवन्धक शुवास श्रेष्ठ,वडा अध्यक्ष राम वहादुर खड्का लगायत शाखामा आवद्व आजिवन सदस्य हरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा रेडक्रसको महत्व र आजिवन सदस्यकाे भुमिका बारे सलाइड बाट प्रस्तुति नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेशका महासचिव देव बहादुर बोहराले प्रस्तुत गरेका थिए । भने उप-शाखाले पहिलाे चरणमै ६४ जना आजिवन सदस्य आवद्ध गर्न सफल भएको छ।

तपाईको प्रतिक्रिया