निराकरण सम्वाददाता अछाम:निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि सभापतिका उम्मेदवार पुष्प शाह र भरत कुमार स्वार बिच सहमतिका लागि प्रयास भईरहेको छ। आज साझँ ७ बजेसम्म सहमति नभए भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ।
सहमतिका लागि दुबै पक्ष छलफलमा बसेका छन । कुल १४सय ९१ मत गणना हुदाँ सभापतिका उम्मेदवार पुष्प शाहले ६ सय ९५ , भरत कुमार स्वार ५ सय ७३ प्राप्त गरेका थिए ।
५१ प्रतिशत मत पुर्याउन पुष्प शाहलाई ६६ आवश्यक रहेको छ ।कुल खसेको मतमा ९६ बदर भएका थिए।तेस्रो भएका सभापति उम्मेदवार राजन कुँवरले १सय ५६ मत प्राप्त गरेका थिए ।









