निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको सभापतिका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल १४सय ९१ मत गणना हुदाँ सभापतिका उम्मेदवार पुष्प शाहले ६ सय ९५ , भरत कुमार स्वार ५ सय ७३ र राजन कुँवरले १सय ५६ मत प्राप्त गरेका छन भने ९६ मत बदर भएका छन।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् ।सभापतिका लागि पुनः आईतवार मतदान हुनेछ ।









