Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछामको १४ महाधिवेशन,मतदान सम्पन्न

निराकरण सम्वाददाता:अछाम  नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत अछाम जिल्लाको नयाँ नेतृत्व चयनको लागि मतदान सम्पन्न  छ। बिहान १० बजे देखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको हो।कुल मतदाता १ हजार ६ सय ३४ रहेको अछाममा १४ सय ९१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

मतदानको लागि २ वटा मतदान स्थल कायम गरिएको थियो  ।क्षेत्र नं १ को लागि जिल्ला समन्वय समितिको पुरानो भवन कायम गरिएको थियो ।

क्षेत्र नं १ मा ७ सय १ मत खसेको छ भने क्षेत्र नं २ को लागि समन्वय समितिको नयाँ भवनमा मतदान भएको थियो । त्यहा ७ सय ९० मत खसेको निर्वाचन समितिले जनाएको छ।

वर्तमान सभापती भरत कुमार स्वाँर, पूर्व पार्टी सभापती पुष्प बहादुर शाह र नेपाल बिद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस महासमिती सदस्य राजन कुवँर जिल्ला सभापतिका लागि चुनावी मैदानमा रहेका छन। नेपाली कांग्रेस अछामको नयाँ नेतृत्व चयनका लागि ६० भन्दा बढी चुनावी मैदानमा रहेका छन ।

तपाईको प्रतिक्रिया