निराकरण सम्वाददाता:अछाम नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत अछाम जिल्लाको नयाँ नेतृत्व चयनको लागि मतदान भईरहेको छ। बिहान १० बजे देखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दसम्म १२ सय २७ मत खसेका छन ।
मतदानको लागि २ वटा मतदान स्थल कायम गरिएको छ ।क्षेत्र नं १ को लागि जिल्ला समन्वय समितिको पुरानो भवन कायम गरिएको छ।
क्षेत्र नं १ मा ६ सय ६४ मत खसेको छ भने क्षेत्र नं २ को लागि समन्वय समितिको नयाँ भवनमा मतदान भईरहेको छ त्यहा ५ सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ। दुबै क्षेत्रगरि कुल १हजार ६ सय ३४ मतदाना रहेका छन।
वर्तमान सभापती भरत कुमार स्वाँर, पूर्व पार्टी सभापती पुष्प बहादुर शाह र नेपाल बिद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस महासमिती सदस्य राजन कुवँर जिल्ला सभापतिका लागि चुनावी मैदानमा रहेका छन। नेपाली कांग्रेस अछामको नयाँ नेतृत्व चयनका लागि ६० भन्दा बढी चुनावी मैदानमा रहेका छन ।










