Advertisement
SKIP THIS
अझै सुरु भएन,नेपाली कांग्रेस अछामको मतदान

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्न्तर्गत अछाम जिल्लाको मतदान अझै सुरु भएको छैन।

जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नको लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका रहेपनि मतपत्र छपाईमा ढिलो भएको कारण मतदान प्रक्रिया ढिलो भएको निर्वाचन समितिले जनाएको छ। 

मतदान अबको केहि समयमा सुचारु हुने निर्वाचन समितिले जनाएको छ।क्षेत्र नं १ को लागि जिल्ला समन्वय समितिको पुरानो हल र क्षेत्र नं २ का लागि जिल्ला समन्वय समितिको नयाँ हलमा मतदान गर्ने ब्यवस्था गरिएको छ। वर्तमान सभापती भरत कुमार स्वाँर, पूर्व पार्टी सभापती पुष्प बहादुर शाह र नेपाल बिद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस महासमिती सदस्य राजन कुवँर सभापतिको चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया