अछाम:नेपाली कांग्रेस अछामका वर्तमान सभापती भरत कुमार स्वाँर पुन सभापती पदका लागि मनोनयन दर्ता गरेका छन् ।
आज बाट सुरु भएको कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशनमा उनले सभापतीमा मनोनयन दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द बहादुर शाहको प्रस्तावक र पूर्व महासमिती सदस्य मान बहादुर रावलको सर्मथकमा स्वाँरले उम्मेद्धारी दर्ता गरेका छन् ।
कांग्रेस अछामको सभापतीका लागि पूर्व सभापती पुष्प बहादुर शाहले समेत मनोनयन दर्ता गरिसकेका छन ।यो समाचार तयार पार्दा सम्म सभापति प्रत्यासी उम्मेदवार युवा नेता महासमिती सदस्य राजन कुवँरले पनि मनोनयन गरेका छैनन् । उनलेे केही बेरमा मनोनयन दर्ता गर्ने बताएईएको छ ।









