काठमाडौं:अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्र खसाल्न सक्ने सैयौं ‘स्टिङ्गर मिसाइल’ दिएको छ ।
अमेरिकाले युक्रेनलाई सैयौं संख्या बराबरका स्टिङ्गर मिसाइल पठाएको संसदीय स्रोतलाई उदृत गर्दै एनबीसी समाचार माध्यमले जनाएको छ । सोमबार मात्रै दुई सयभन्दा बढी स्टिङ्गर मिसाइल पठाइएको पनि समाचारमा उल्लेख छ ।
गत हप्ता घोषणा गरिएको ३५ करोड डलर बराबरको घातक एवं गैर-घातक सहायत प्याकेजअन्तर्गत युक्रेनमा स्टिङ्गर मिसाइल पठाइएको हो ।
उक्त सहायता प्याकेजमा अमेरिकाले युक्रेनलाई ज्याभेलिन नामक एन्टि ट्याङ्क मिसाइलसहितका हातहतियार समेत उपलब्ध गराउने उल्लेख छ ।
रुससँग युद्ध जारी रहेका बेला अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्रभेदी एन्टि ट्याङ्क मिसाइल पठाएको हो ।
अमेरिकामा बनेको उक्त मिसाइललाई काँधमै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । साथै, यसलाई सडक बहान एवं हेलिकप्टरबाट समेत प्रहार गर्न सकिन्छ । एजेन्सीको सहयोगमा









