अछाम:साँफेबगर नगरपालिका नगर क्षेत्रको भलिवल टीम बनाउने भएको छ । नगर क्षेत्रको भलिवल टीम निर्माणको लागि आजबाट साँफेबगर नगरपालिकाले वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने लागेको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए ।
नगर क्षेत्रको भलिवल टीम निर्माणको लागि तीन दिनसम्म खेलको आयोजना गरी त्यस प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन र अनुशासित खेलाडीलाई समेटेर नगरको एउटा टिम बनाउने उद्देश्य रहेको उहाँले बताए ।
उक्त टीमले जिल्ला स्तरमा आयोजनादेखि जिल्ला वाहिर आयोजना हुने खेलमा प्रतिनिधित्व गर्ने गरि टिम तयार हुन लागेको बताएको छ । ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने लागिएको हो ।









