तारामान खड्का अछाम:कैलालीको दक्षिण भाग भारत लखिमपुर खिरीबाटबाट सिमाना प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये सबैभन्दा छोटो दुरीको सेती राजमार्गको काम सुस्त गतिमा भईरहेको छ ।
सेती राजमार्गमा १२ जना कर्मचारीको दरबन्दी रहेपनी, राजमार्ग सुरु भएको ६ बर्ष पछी बल्ल मुस्कीले एक ईन्जीनियर पाएको छ । कार्यलयले पहिलोपटक ईन्जीनियरको रुपमा प्रेईज अमात्यलाई पाएको छ । राजमार्गलाई चाहिने सिभील हाईबे ईन्जीनियर ४ जनाको दरबन्दी रहेपनी १ जना समेत छैनन् ।
१२ जनाको दरबन्दी रहेको राजमार्गको कार्यालयमा कार्यलय सहयोगी करारका कर्मचारी गरि कुल ६ जना कर्मचारी रहेका छन । साफेबगरमा रहेको कार्यलयबाट काम भईरहेको कैलालीको बौनीया क्षेत्र जान १२ घण्टा लाग्ने र अर्को काम भइरहेको क्षेत्र बझाङ जान समेत सोहि समय लाग्ने गर्दा समेत कामको प्रगती हुन सकेको छैन ।
फिल्डमा गएर कामको अवस्था बुझ्नुपर्ने कर्मचारी नहुदाँ राजमार्गको काम निकै प्रभावित भएको छ । हाल राजमार्गले बहुबर्षीय ठेक्का लगाउनको लागी राष्ट्रीय आयोजनामा फाईल पठाएको त्यहाबाट फाईल स्विकृत नभएकाले कार्यलय प्रमुख राजेश कुमार यादव काठमाण्डौ स्विकृत गराउन लागि परेका छन । बहुबर्षीय ठेक्का लगाउदा कामले समेत तिब्रता पाउने, पटक पटक नयाँ ठेक्का लगाउदाँ ६ महिना लाग्ने हुदाँ समय समेत खेर जाने कार्यलय प्रमुख यादवले बताए ।
२०७२ ÷०७२ सालमा सुरु भई २०७९÷८० मा सम्पन्न गर्नुपर्ने त्रीद्धेशिय सेती राजमार्ग निर्धारित समय सकीन एक बर्ष बाकीँ रहदाँ समेत निमार्ण कार्यले तिब्रता पाउन सकेको छैन । कैलालीको टीकापुर हुदै लोडे चैनपुर ताक्लाकोट सम्म २ सय ४२ कीलोमीटर सडक एक दशक सम्म १ सय २० कीलोमीटर मात्रै ट्याक खोलीएको छ । अझै १ सय १२ किलोमीटर सडकको ट्याक खोलीएको छैन ।
कैलालीको बौनीया देखि डोटीको ठुलागाड सम्मको ४२ किलोमीटर मध्ये २५ किलोमीटर सडकमा लामो समयदेखि रुख कटानको अनुमती नपाउदाँ ट्याक खोल्ने काम समेत रोकीएको थियो गत बर्ष मन्त्रीपरिषदको निर्णयले रुख काट्ने अनुमती दिएपनी अहिले सम्म रुख कटानको काम सुरु हुन सकेको छैन । डोटीको ठुलीगाड देखि सिलीगाड सम्म रहेको ४२ किलोमीटरको सडक खण्डको कुनै पनी काम सुरु नै भएको छैन । सेलीगाड देखि अछामको साफेबगरको ३२ किलोमीटर सडक खण्डको ६ किलोमीटर सडक खण्डको मात्रै ट्याक खोलीएको छ ।
सेती राजमार्ग अन्र्तगत दक्षीण खण्डको २ सय ४२ किलोमीटर क्षेत्रमा १२ भन्दा बढी पुल आवश्यक भएपनी ४ पुलको मात्रै काम समेत मिती सकिदा सम्मसमेत सम्पन्न हुन सकेका छैनन् । प्रयाप्त बजेट बिनीयोजन नहुने बिनीयोजन भएको बजेट समेत खर्च गर्न नसक्दा सूदूरपश्चीमको गौरवको आयोजना सुस्त गतिमा रहेको छ । गत आर्थीक बर्ष २०७७÷०७८ मा संघिय सरकारबाट सेती लोकमार्गको दक्षीण खण्डको लागी २० करोड ५७ लाख बजेट बिनीयोजन भएकामा २ करोड मात्रै खर्च गर्न सकेको बाकी १८ करोड फ्रीज गएको छ । यस बर्ष सेती राजमार्गको लागी सरकाले ३० करोड बिनीयोजन गरेको छ ।
सेती लोकमार्ग बने कैलाली सहित डोटी,अछाम बाजुरा र बझाङ जिल्लाका विकट ठाउँको समेत कायपलट हुनेछ । हल अछामको साफेबगरबाट कैलाली जान भिमदत्त राजमार्ग हुदै २ सय ६० किलोमीटरको सडक १ सय २९ किलोमीटरमा झर्नेछ ।










