अछाम:अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अछामको ढकारी गाउँपालीकामादेउडा गित प्रतियोगिता हुने भएको छ ।
ढकारी गाउँपालिकामा महिला दिवसको अवसरमा महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला अधिकार सम्बन्धि दउडा प्रतियोगिता हुन लागेको हो ।
पालिमा भित्रका सबै महिला समुहले एक समुहमा ७ जना रहने गरि ५ मिनेटको देउडा प्रस्तुती प्रस्तुत गर्नका लागि फागुन २३ गतेभित्र गाउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा समूह दर्ता गराईसक्नु पर्ने शाखा प्रमुख चाँदनी चन्दले बताईन
प्रतियोगितामा प्रथम हुने समुहलाई १० हजार, द्धतिय लाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना समुहलाई २ हजार पुरुस्कार प्रदान गरिने चन्दले बताउनु भयो । प्रतियोगिताको प्रस्तुति कार्यक्रम फागुन २४ गते ढकारी गाउँपालिकाको प्रांगणमा हुने बताईएको छ










