Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन फागुन २० गते उद्धघाटन

अछाम : नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन फागुन २० गते शुक्रबार जिल्ला सदरमुकाम मंगलसैनमा उद्घाटन हुने भएको छ । नेपाली कांग्रेस अछामले आज मंगलसेनमा गरेको बैठकले जिल्ला अधिबेशन २० गते उद्घाटन र २१ गते मतदान गर्ने निर्णय गरेको छ ।

पहिलो दिन २० गते पार्टीको सातौँ जिल्ला अधिबेशनको उद्घाटन शत्र संचालन हुने र २१ गते बिहान ८ बजे मतदान सुरु हुने जिल्ला सचिव नम बहादुर शाहीले जानकारी दिए ।

जिल्ला अधिबेशनको सबै तयारी लगभग पुरा भएको र प्रतिनिधी जिल्ला आउनेक्रम चलिरहेको सभापती भरत कुमार स्वाँरले बताए । मतदान गर्नका लागि भोटिगं कार्ड, नागरिकता वा परिचय खुल्ने पत्र साथमा राख्न आग्रह गरिएको छ ।

पार्टीको बिपी स्मृती भवन मंगलसैनमा भएको बैठकले उक्त निर्णय गरेको हो । जिल्ला सभापतीका लागि ४ जना दौडमा रहेका छन् भने अन्य पदका लागि पनि आकांक्षीहरु धेरै नै देखिएका बुझिएको छ ।

तपाईको प्रतिक्रिया