Advertisement
SKIP THIS
पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना

अछाम:पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा शैक्षिक अक्षकोष स्थापना गरेका छन ।

आफ्नो  जन्मोत्सवका अवसरमा   “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना गरेका हुन।नेपाल प्रेस युनियन अछामका सचिव  भण्डारीले आज १५ परेको जन्मदिनमा बिद्यालयमा २६ हजार ६ सय २६ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील  अक्षयकोष स्थापना
गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे ।

उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने मालिका आधारभुत  विद्यालयका प्रधानध्यापक भक्तराज ढुंगानाले जानकारी दिए ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कोष स्थापना कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहेका थिए  । प्रमुख अतिथि भण्डारीले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गरे।

कोष स्थापना कार्यक्रममा वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, विद्यालयका संस्थापक टंकप्रसाद भण्डारी, विद्यालयका सदस्य सुवानाथ भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष गोबिन्द सोब, पत्रकार कमल रावल, विक्रम परियार, शंकर थापा र बाल क्लबका अध्यक्ष अनिता नेपाली अतिथि रहेका थिए ।

विव्यस सदस्य भवानि भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक

टेकराज भण्डारीले गरेका थिए ।कार्यक्रमका अतिथि सबैले भण्डारीलाई जन्म दिनको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया