पुर्ण बहादुर खड्का अछाम :अछाम जिल्लाकै पहिलो ठुलो धनराशीको फुटबल प्रतियोगिताको उपाधी आयोजक नौमुठे फुटबल युवा क्लब अछामले हात पारेको छ ।
शनिबार साफेबगर नगरपालिका ७ स्थित बडासैन खेल मैदानमा भएको फाईलन खेलमा बल्याक एञ्जल फुटबल क्लब साफेबगरलाई ३:१ ले स्तब्ध पार्दै आयोजकले उपाधी हात पारेको हो।
आयोजक नौमुठे फुटबल क्लबको जितका लागि उमेश मगर एक्लैले २ र बल्याक एञ्जल फुटबलले १ आत्मघाती गोल गर्यो।
उपाधी हात पारेसंगै आयोजक नौमुठे युवा क्लबले नगद १ लाख ११ हजार १ सय ११ सहित मेडल, टफ्री र प्रमाण पत्र हात पारेको छ ।
उपबिजेतामा चित्त बुझाएको बल्याक एञ्जल फुटबल क्लबले नगद ५५ हजार ५ सय ५५ रुपयाँ, मेडल, टफ्रि र प्रमाण पत्र प्राप्त गरेको छ । बल्याक एञ्जल फुटबल टिमका मनिस पालले १ गोल मात्र गर्न सफल भए । खेल भरि दबावमा रहेको बल्याक एञ्जलले केही गोल फर्काउन प्रयास गरेपनि सफल हुन सकेन ।
प्रतियोगितामा उत्कृष्ट ५ बिधाका खेलाडीलाई टफ्री र नगद ३ हजार पुरुस्कार प्रदान गरिएको छ । जसमा उत्कृष्ट खेलाडी सिदार्थ नाथ, राईजिगं खेलाडी माईकल चलाउने, उत्कृष्ट स्कोरर सुनिल थापा, उत्कृष्ट किपर नबिन छट्टेल, उत्कृष्ट डिफेण्डर बिमल ओलीलाई प्रदान गरिएको हो ।
सेमिफाइनलमा जनकल्याण माबीलाई ९ का बिरुद्धले ० ले पारजित गर्दै आयोजक र साँफेबगरलाई ३ का बिरुद्ध ० ले पराजित गर्दै बल्याक एञ्जल फुटबल क्लब फाईलनमा प्रबेश गरेका थिए । प्रतियोगितामा जिल्ला भित्र र बाहिर बाट ७ वटा टिमको सहभागीता रहेको थियो ।
साँफेबगर नगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता संचालन भएको थियो भने प्रतियोगितामा दोश्रो पुरुस्कार राशी सहित अन्य सहयोग गर्दै एञ्जिला पुस्तक पसल सह आयोजक रहेको थियो ।

आजै भएको प्रतियोगिताको समापन कार्यक्रममा बिशिष्ट अथिति साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले प्रथम पुरुस्कार बितरण गरे भने दृतिय पुरुस्कार सह आयोजक एञ्जिला पुस्तक पसलका प्रमुख कृष्ण कुवँरले बितरण गरे । यस्तै प्रतियोगितामा सहयोग ईलाका प्रहरी कार्यालय साँफेबगर, बयालपाटा, सशस्त्र प्रहरी बल खप्तड गुल्म, नेपाल पत्रकार महासंघ अछाम लगायत अन्य बैँक, पसल तथा अन्य निकायलाई आयोजक क्लबका अध्यक्ष धिराज बोगटीले मायाको चिनो तथा सम्मान पत्र प्रदान गरे । 










