Advertisement
SKIP THIS
अत्तरिया महोत्सवमा कलाकारको लिष्टबाट  दुर्गेश थापाको नाम हटाइयो

धनगढी: कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ।

दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको बताइएको छ। थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको अत्तरिया उधोग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए।

थापा यसअघि पनि बेला बेला विवादमा आइरहने कलाकारमा पर्दछन्।

तपाईको प्रतिक्रिया