Advertisement
SKIP THIS
क्यानडा माथी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं:नेपाल आईसीसी टी-२० विश्वकप छनोट​को सेमिफाइनल प्रवेश गरेको छ । सोमबार आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले २ विकेट खर्चेर ३५ बल बाँकी रहँदै भेट्टायो । 

समूह चरणको अन्तिम खेलमा यसअघि क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पारेको हो । 

क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे । 

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए । 

यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए । नेपाल  को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको हो । छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।  अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया