Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई मंगलसेन नगरपालिकाद्धारा ५ लाख सहयोग

अछाम:जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक बर्ष २०७८र०७९ मा बिनियोजित गरिएको ५ लाखको चेक नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गरे ।

अस्पताल संचालन र व्यावस्थापनमा सहयोग पुगोस् भनेर बिनियोजित गरे अनुसारको रकम सहयोग गरिएको नगर प्रमुख बोहराले बताए ।

बयालपाटा असपताले यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै नगर प्रमुख बोहराले सेवामा कम हुन नदिन नगरले सहयोग गरेको बताए ।

आगामी दिनमा समेत नगरको तर्फबाट सहयोग रहने उनको भनाई छ । अछाममा २ अस्पताल संचालनमा रहेकाले दुबै अस्पतालको सेवालाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोगको खाँचो रहेको बताए ।

नगर प्रमुख बाहराले बयालपाटा अस्पतालमै चेक हस्तान्त्ररण गरेका हुन् ।

तपाईको प्रतिक्रिया