Advertisement
SKIP THIS
आइसीसी टी २० विश्वकप ग्लोबल छनोट,उच्च मनोबलका साथ  क्यानडाविरुद्ध उत्रिदै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज) क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुवै खेलमा जित निकालेको थियो । छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अङ्क जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अङ्क रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोटमा हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको संयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट समान दुई अङ्क जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छ । दुई खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।

तपाईको प्रतिक्रिया