Advertisement
SKIP THIS
रुसमा एकै दिन थपिए ,एक लाख ८० हजार भन्दा बढी कोरोना सङ्क्रमित

मस्को : रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन्।

उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ। यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो। पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको छ। -एएनआई

तपाईको प्रतिक्रिया