Advertisement
SKIP THIS
आगामी निवार्चनमा अछामका सबै तहमा कांग्रेस जिताउन मेरो उम्मेद्धवारी , भरत स्वार

अछाम:नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले आगामी दिनमा हुने तिनै तहका निर्वाचन जिताउन फेरि कांग्रेश अछामको सभापतिमा उठ्ने बताएका छन। नेपाली कांग्रेस रामारोशन गाउँपालिकाको बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै सभापति स्वारले नजिकिँदै गरेका आम चुनावमा अछाम सबै स्थानीय तह ,४ ओटा प्रदेश सभा र २ प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसलाई बलियो र जिताउन आफू लाग्ने र यसका लागि आफुलाई जिताउन आम कार्यकर्तालाई अपिल गरेका छन ।

आफ्नो कार्यकालमा अछाम कांग्रेसलाई सशक्त र चलायमान गर्न आफुले ठुलो योग्दान गरेको र अछाममा कांग्रेस भित्र युवा आकर्षण पनि बढीउन आफ्नो ठुलो देन भएको दाबि गरेका छन । एक अर्को प्रशंगमा बोल्दै स्वारले हिजो आफू जिविस सभापति भए देखिनै रामारोशन क्षेत्रको विकास र समृद्धि आफू लागेको बताए।

नेपाली कांग्रेस रामारोशनका सभापति मान बहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वार रहेकी थिइन ।कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र न १ का सभापति कृष्णबहादुर बुढा नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति चन्द्र प्रसाद ढुङ्गाना जिल्ला सदस्य केश बहादुर बटाला राम बहादर कुवँर क्षेत्रिय सचिव पुर्ण बहादुर बिक कांगेस युवा नेता पुष्प बिष्ट, दल बहादुर साउद लगायतको सहभागीता रहेको थियो

 

तपाईको प्रतिक्रिया