Advertisement
SKIP THIS
साँफेबगर नगरपालीकाद्धारा गर्भवतीसँग नगर उपप्रमुख कोसेली कार्यक्रम बैद्यनाथमा सम्पन्न

निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालीकाद्धारा गर्भवतीसँग नगर उपप्रमुख कोसेली कार्यक्रम अन्र्तगत शुक्रबार वडा नं १ बैद्यनाथमा कार्यक्रम सम्पन्न भएको छ ।

साँफेबगर नगरपालीका वडा नं १ बैद्यनाथ वडा अध्यक्ष अमर बहादुर शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा साँफेबगर नगरपालीका उप प्रमुख बिर्मलादेवि बुड्थापा प्रमुख अथिती रहेका थिईन ।

कार्यक्रमा बोल्दै नगरपालीका उप प्रमुख बुड्थापाले आफु महिला उप प्रमुख भएर गर्भवतीसँग नगर उपप्रमुख कोसेली सञ्चालन गरिएको बताईन। आफुले समेत गर्भअवस्थामा महिलाले कस्तो समस्या भोग्नु पर्छ, त्यो भोगेको बताउदै उप प्रमुख बुड्थापाले गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम गरिएको नगर उपप्रमुख बिर्मलादेवि बुड्थापाले जानकारी दीईन ।कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ ।

नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर उपप्रमुख बुड्थापाको भनाई रहेको छ । भौतिक निर्माण मात्र विकास होइन, महिला र शिशुको स्वस्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख बुड्थापाले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई आग्रह गरिन ।कार्यक्रम अन्र्तगत शुक्रबार वडा नं १ बैद्यनाथ कार्यालयमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ। १२ जना गर्भवतीलाई कोशेली वितरण गरिएको छ ।

उक्त कार्यक्रम साँफेबगर नगरपालिकाले अघिल्लो वर्षबाट सुरुवात गरेको हो । गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, माक्स, नुन वितरण गरिएको नगरपालिकाको पशु शाखाका प्रमुख पदम थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया