Advertisement
SKIP THIS
गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्यो

काठमाण्डौ:गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।

नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।

धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया