Advertisement
SKIP THIS
ढकारी गाँउपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ लाखको चेक हस्तान्तरण

अछाम:जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाँउपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको अािर्थक सहयोग भुक्तानी गरेको छ । अस्पतालको व्यावस्थापन र संचालनमा सहयोग पुगोस भनेर यसअघि घोषणा गरेको रकम भुक्तानी गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए ।

ढकारी गााउपालिकाको सातौँ गाँउ सभाले बयालपाटा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरे बमोजिमको पहिलो चरणमा ७ लाख ५० हजार रकम भुक्तानी गरेको हो । बाँकी रहेको रकम अर्को महिना भुक्तानी गरिने अधिकृत भाटले बताए ।
उक्त रकमको चेक अस्पतालका प्रमुख डा. मन्दिप पाठकलाई हस्तान्त्ररण गर्दै पालिका अध्यक्ष धन बहादुर बुढाले अस्पताललका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

असपतालले अछामी जनताका लागि निशुल्क रुपमा गुणस्तरिय सेवा दिएको भन्दै अध्यक्ष बुढाले सेवामा कमी हुन नदिन जिल्लाका सबै पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए । साथै अध्यक्ष बुढाले न्याय हेल्थ नेपालले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रम सहितको एकिकृत स्वास्थ्य सेवा आफ्नो पालिकामा पनि लागु गर्नृका लागी छलफल अघि बढाउने बताए ।

आगामी आर्थिक बर्षमा सामुदायिक स्वास्थ्य कार्यक्रम सहितको स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने बिषयमा आगामी बैठकमा छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए । पालिकाको आर्थिक सहयोग र न्याय हेल्थ नेपालको प्राबिधिक सहयोग र व्यावस्थापनका कार्यक्रम अघि बढाउने योजनाका बारेमा बैठकमा छलफल हुने उनको भनाई छ ।

आर्थिक सहयोगका लागि पालिका अध्यक्ष तथा प्रमुखलाई धन्यवाद दिदै अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले आगामी दिनमा समेत सकरात्मक साथ र सहयोगको अपेक्षा गरे । साथै उनले पालिकामा स्वास्थ्य बिमालाई समेत प्राथमिक्तामा राख्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया