Advertisement
SKIP THIS
भ्यालेन्टाइन्स डेका अवसरमा ६६१ जोडीले विवाह गरे

एजेन्सीः प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी प्रेमिकाले विवाह गरेका छन्। मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ वर्षीया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ। उनीहरूको भेटघाट पाँच वर्ष अगाडि भएको थियो।वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए। मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रममार्फत यसअघि नै विवाह गर्नु भएको हो। उहाँहरू अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ’, विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने।

धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन्। उनीहरूलाई कार्यक्रम स्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो। ‘एकै ठाउँमा एकैचोटि ६६१ जोडीको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,’ व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन्।

तपाईको प्रतिक्रिया