Advertisement
SKIP THIS
टी-२० सिरिज, नेपालको बिजय सुरुवात,ओमान पराजित

काठमाडौं:चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।

त्यस्तै आरिफ शेखले २० बलमा २५ रन बनाए । ओपनर आरिफ शेख १४, ज्ञानेन्द्र मल्ल १३, अर्का ‌‌ओपनर प्रदीप ऐरीले ४ बनाउँदा शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

यसअघि टल हारेर ब्याटिङक निम्तो पाएको ओमनले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

तपाईको प्रतिक्रिया