Advertisement
SKIP THIS
आउँ प्रिय मृत्युलाई दिएर मात प्रेम गरौं

मुक्तक

१)छरेर खुशी नै खुसीको  बर्षात प्रेम गरौं
राखेर भरोसा,बिश्वासको खात प्रेम गरौं
कुर्नु पर्दैन समय आउनु पर्दैन भ्यालेन्टाइन
आउ प्रिय मृत्युलाई दिएर मात प्रेम गरौं

२)
बारबार मिल्दैन सच्चा प्रेम गर्ने अवसर पनि
न लाग्छ दुनियाँ सङ्ग धक  न लाग्छ डर पनि
कायर होइनन् प्रेमका खातिर ज्यान दिनेहरु
सतीका लागि पागल भए भगवान शंकर पनि ।
३)
शान्त तालमा ढुङ्गा फाली नचलाउन बिन्ती
उपहारमा फूल सङ्गै दिल नपठाउन बिन्ती
अगेना छेउ नौनी जस्तै मन पग्लिन सक्छ,
टोकि अधर,जुधाइ नजर नसताउन बिन्ती
४)
मृदुल मीठो बोल्छौ हाँसी~ हाँसी मन पर्छ
चंचलता जगाउने नजर ती प्यासी मनपर्छ
शब्दमा मात बर्सिन्छौ पग्लिएर नौनी जस्तै
तिम्रो मनोमानी र प्रेमिल बदमासी मनपर्छ

कमला भण्डारी
रुपन्देही ,बुटवल

तपाईको प्रतिक्रिया