Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीको अध्यक्षमा स्वतन्त्रबाट भोजराज खड्काको उम्मेदवारी घोषणा, यस्ता छन् उदेश्य

निराकरण सम्वाददाता अछाम :आउदो बैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचनमा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका अध्यक्षमा स्वतन्त्रबाट भोजराज खड्काले
आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

खड्काले मंगलबार निराकरण खबर सँग कुराकानी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा बान्नीगढी जयगढ  गाउँपालीकाको अध्यक्षमा निर्वाचन लड्ने बताए ।

हालसम्म राजनीतिक दलको क्रियाकलापले सबै कुरा प्रष्ट पारेको भन्दै अब पनि राजनीतिक दलबाट नेतृत्व आए उहीँ पुरानै हाल हुने स्वतन्त्र उम्मेदवार खड्काले बताए।

गाउपालीका अध्यक्षमा निर्वाचित भएपछि पाँच वर्ष भित्र सबैको घरमा पानीको धारा र शौचालय,सबै वडा कार्यलय सम्म पक्की रोडको व्यवस्था, शिक्षा र स्वास्थमा पुर्ण गुणस्तर कायम गरिने उनलेे बताए ।

युवालाई गाउँमा नै रोजगारीको पुर्ण ग्यारेन्टी,सम्पुर्ण पालिका बासिको नि शुल्क स्वास्थ बिमाको ग्यारेन्टी, जाड रक्सीलाई पुर्ण रुपमा नियन्त्रण र पिउने समयावधि कायम,गाउँ पालिका आउने जुनसुकै काम लागि दुई घण्टा भन्दा कुरुनु नपर्ने सहितको सेवा प्रदान गरिने र सबै सेवा ग्राहीलाई एउटै ब्यावहार कायम गरिने स्वतन्त्रबाट बान्नीगढी जयगढ गाउँपालीका अध्यक्षका उम्मेदवार भोजराज खड्काले बताए ।

भोजराज खड्का बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्रा कुण्डालीका स्थाई बासिन्दा हुन । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा आफुलाई परेको भान गर्ने खड्काले समाजमा समाजसेवीमा राम्रो छवि बनाएका छन् ।

तपाईको प्रतिक्रिया