Advertisement
SKIP THIS
अछामका एकजना डोटीको सानागाउँबाट हराए

अछाम:अछामका एकजना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ५० वर्षीय पदमबहादुर बुढा डोटीको सानागाउँबाट हराएका हुन्। उनी भारतबाट घर फर्किएका थिए।

सोमबार धनगढीबाट बसमा अछामको मंगलसेनका लागि गएकामा उनी डोटीको सानागाउँबाट हराएका आफन्तले बताएकाछन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुढा सोमाबार खप्तड यातायातको २८६७ नम्बरको बसमा अछाम गएका थिए।

तपाईको प्रतिक्रिया