Advertisement
SKIP THIS
भित्रै गुम्सिएको प्रतिशोध भित्र जेलझाल साक्षी छ

अपरदिप शर्मा  अछाम:

प्रकृति पर्खिनेहरुका लागि होईन हिमाल साक्षी छ
नबैरिने चन्द्र सुर्यको सधै एकै कमाल साक्षी छ
हो सार्थक होईन ईच्छा अनि अपेक्षा जिवनको
आज प्रष्टिएको अनौठो त्यो  गोलमाल साक्षी छ !

मित्र मोटाएको हेर्न चाहनेले हार्यो हितमै उस्को
भित्रै गुम्सिएको प्रतिशोध भित्र जेलझाल साक्षी छ
धुरी र घोडाको आदर्श हारेकै हो हरेकले आज
भिक्षा कल्पित भावको तरङ्ग होईन मोहजाल साक्षी छ!!

प्याउली चमेली बन्दैन रचना बौलाए पनि थाह छ
आफै बिर्सिएको आफन्तको सोर्हसाल साक्षी छ !

लेखक साफेँबगर नगरपालिका अछामका नि. प्रमुख प्रशासकीय अधिकृत हुन ।

तपाईको प्रतिक्रिया