Advertisement
SKIP THIS
वैवाहिक बर्षगांठको अवसरमा वेद विद्याश्रमको छात्रवृत्ति अक्षय कोषमा सहयोग

अछाम:वैवाहिक जीवनको वर्षगांठको अवसरमा खर्चिने पैसाबाट साँफेबगर नगरपालिका वडा नं ३ शिद्देश्वरका एक दम्पतीले  वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा सहयोग गरेका छन ।

युवा व्यवसायी पृथ्वी कुँवर र उहाँका  धर्मपत्नी सृजना कुँवरले वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा १३ औं वर्षगांठको अवसर पारी २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन ।

कुँवर दम्पतीले आफुहरुले बैवाहिक जीवनको १३ औ वर्षगांठमा खर्च गरिने पैसाबाट वैद्यनाथ वेद विद्याश्रमका वटुकलाई अध्ययनमा सहजताको लागि सहयोग गरेको वताए ।आगामी दिनमा पनि जन्म दिनको अवसर होस् या वैवाहिक वर्षगांठको अवसरमा सहयोग गर्न प्रतिवद्ता व्यक्त गरे ।

छात्रवृति अक्षय कोषमा सहयोग गर्ने कार्यक्रममा सहभागी वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले जन्म दिन होस , वैवाहिक वर्षगांठको अवसरमा हुने फजुल खर्चलाई कटौति गर्दै सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यकारी निर्देशक  कुँवरले सबै व्यक्तिले मुनाफा आर्जन मात्र नभई परोपकारी कार्य र सामाजिक कार्यमा पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।

वैद्यनाथ वेद विद्याश्रमका शिक्षक शिवराज जोशीले कुँवर दम्पतीले विद्याश्रमको शैक्षिक गुणस्तरको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । पछिल्लो समयमा वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा जन्मउत्सव, वैवाहिक वर्षगांठको अवसर
देखि विभिन्न अवसरमा सहयोग हुँदै आएको छ।

तपाईको प्रतिक्रिया