Advertisement
SKIP THIS
स्थानीयलाई आतंकित बनाएको आरोपमा ७ जना पक्राउ

दाङ:स्थानीयलाई आतंकित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोप छ ।

पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।

प्रहरीले आरोपीहरुको साथबाट बञ्चरो, पेस्तोल आकारको लाइटर र ३ थान हँसिया बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया