Advertisement
SKIP THIS
लौन बचाउ ! लालुलाई काल मौलायो

अमरदिप शर्मा अछाम :

चन्द्रमा अर्कै धरातलको रमिता त हो
जिन्दगी धर्के धरातलको रमिता त हो
सिस्नु बिझाउछ भनेर नजान्ने एक तिमी
सम्बन्ध छड्के धरातलको रमिता त हो !

अब यस्तै हुन्छ नबुझ्नेहरु एक भए
मेला कड्के धरातलको रमिता त हो
रङ्गमा रस मुर्खले खोज्छ मुर्झाई जाने
उमङ्ग चढ्ने धरातलको रमिता त हो !!

लौन बचाउ!लालुलाई काल मौलायो
सुन्ने जान्नेको करताल एक रमिता त हो ??

लेखक साँफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकीय अधिकृत हुन

तपाईको प्रतिक्रिया