Advertisement
SKIP THIS
एमालेबाट निर्वाचीत वडा अध्यक्ष र कार्यपालिका सदस्यको आर्थिक लेनदेनको अडियो सार्वजनिक …..

अछाम :अछामको रामारोशन गाउँपालिका ३ शान्तडाका वडाअध्यक्ष तारा साउँद र कार्यपालिका सदस्य सितादेवी भण्डारीबीच आर्थिक लेनदेनका विषयमा भएको विवाद छताछुल्ल भएको छ।

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष साउद र कार्यपालिका सदस्य भण्डारीबीच सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा सुरु भएको विवादको अडियोमा आर्थिक लेनदेनदेखि पार्टी परिवर्तनसम्मका विषयमा विवाद भएको स्पष्ट सुन्न सकिन्छ ।

कार्यपालिका सदस्य भण्डारी नेकपा समाजवादीमा लागेसँगै वडाअध्यक्ष साउँद र कार्यपालिका सदस्य भण्डारी बिच खटपट सुरु भएपछि उनिहरु बिचको विवादको अडियो सार्वजनिक भएको हो ।

एमालेबाट कार्यपालिका सदस्य बनाउन आफुहरुले ५ लाख खर्च गरेको तर अहिले समाजबादीमा लागेको भन्दै केही समय अघिको लिएर रू १ हजार फिर्ता दिन उर्दि जाहेर गरेका छन् ।

सामाजिक सुरुक्षा भत्ता बितरण गर्दा १२ जनालाई जनहि १ हजार बढी गएकाे सो फिर्ता माग्न अध्यक्ष साउदले कार्यपालिका सदस्य भण्डारीलाई भनेको पछि भण्डारीले पैसा समेत फिर्ता मागेको अडियोमा सुनिन्छ । सो फिर्ता मागको पैसा वडा अध्यक्ष साउद कार्यपालिका सदस्य भण्डारीलाई नै राख्नु भनेको कार्यपालिका सदस्य भण्डारी बताउँछन् तर वडा अध्यक्ष साउद भने आफुले भन्दै नभनेको बताउँछन।

१ हजार बाट सुरु भएको दुई जनाको बिवाद ५ लाख सम्म पुग्ने गरेको छ। एमालेबाट कार्यपालिका सदस्य बनाउन आफुहरुले ५ लाख खर्च गरेको भन्दै वडा अध्यक्ष तारा साउद फिर्ता गर्न भन्छन् ।

तपाईको प्रतिक्रिया