Advertisement
SKIP THIS
बयलपाटा अस्पताललाई बान्निगढी गाउँपालिकाको १५ लाखको चेक हस्तान्तरण

अछाम: अछामको बान्निगढी जयगढ गाउँपालिकाले बयलपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । पालिकाले आज एक कार्यक्रमका बिच अस्पताल लाई १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । गाउँपालिकाको स्वीकृत बजेट अन्तरगत आज पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष हेम बिश्वकर्मालाई १५ लाखको चेक हस्तान्तरण गरे।

पछिल्लो समय विदेशी दातृ निकायको सहयोग कम हुँदै गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेपछि व्यवस्थापनमा कठिनाइ भएसँगै गाउँपालिकाले सहयोग गर्नको लागि रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही अनुरुप गाउँपालिकाले बयलपाटा अस्पताल संचालनका लागि कठिनाई नहोस् , स्वास्थ्य स्थिति थप गर्न र गाउँपालिकाका नागरिकहरुले स्वास्थ्य सेवा सहजरूपमा पाउन भन्ने उदेश्यका साथ उत्त रकम आज एक कार्यक्रमका बिच उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले जानकारी दिए।

चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले अछामका जनताहरुका लागि निशुल्क उपचार प्रदान गर्दै आईरहेको बयलपाटा अस्पताल नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले पालिकाको तर्फ बाट १५ लाख सहयोग गरेको बताए  ।

अस्पताललाई नियमित संचालनमा ल्याउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने अध्यक्ष खड्काको भनाई रहेको छ । यसैबिच अस्पताल संचालन गर्नका लागि आर्थिक अभावको कारणले सन्चालनमा समस्या नहोस भन्दै गाउँपालिकाले अनुदान स्वरुप रकम उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले बताए  ।

साथै उहाँले अस्पताललाई आगामी दिनमा पनि सक्दो सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका तयार रहेको बताउनुभयो । यसभन्दा पहिलेनी बयलपाटा अस्पताल लाई गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । अस्पतालमा कोभिड अस्पताल संचालनका लागी पहिलो चरणमा १ लाख अस्पताल लाई उपलब्ध गराएको हो। यसैबिच बयलपाटा अस्पताललको समग्र बिकासका लागि भन्दै सहयोग गरेकोमा धन्यवाद दिएको छ । रकम हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशी, वडा नम्बर ४ तिमिल्सैनका वडा वडा अध्यक्ष कर्ण बहादुर ठकुल्ला लगायतको सहभागीता रहेको रहेको थियो ।

तपाईको प्रतिक्रिया