Advertisement
SKIP THIS
मोरिसस बिरुद्ध नेपाल बिजयी

काठमाडौं:मोरिसस विरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको  छ । मैत्रीपूर्ण खेल अन्तरगत अहिले जारी पहिलो खेलको दोस्रो हाफमा नेपालले अग्रता लिएको थियोे ।

नेपालका लागि विमल घर्तिमगरले गोल गरेका हुन् । लामो समय चोटका कारण मैदान राष्ट्रिय टोली बाहिर रहेका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

निर्धारित ९० औं मिनेटको समयमा मोरिसस कुनै गोल फर्काउन सकेन, थप गरिएको ३ मिनेटमा समेत मोरिससले गोल गर्न नसक्दा नेपाल १ गोलले बिजयी भएको छ। नेपाल १० बर्षपछि मैत्रीपूर्ण खेलमा जित निकालेको हो।

तपाईको प्रतिक्रिया