काठमाडौं:मोरिसस विरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । मैत्रीपूर्ण खेल अन्तरगत अहिले जारी पहिलो खेलको दोस्रो हाफमा नेपालले अग्रता लिएको हो ।
नेपालका लागि विमल घर्तिमगरले गोल गरेका हुन् । लामो समय चोटका कारण मैदान राष्ट्रिय टोली बाहिर रहेका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
उनको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।