Advertisement
SKIP THIS
जेलरलाई २५ लाख रुपैयाँ तिरेर फरार

काठमाडौं: प्रहरी र जेल प्रशासनको सेटिङमा भागेका जन्मकैद भोगिरहेका कैदी यमराज परियारले आफूले प्रहरी र जेलरलाई ठूलो रकम दिएको बताएका छन् ।

उनले प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ बुझाएको बताएका हुन् ।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका २९ वर्षीय यमराजले प्रारम्भिक अनुसन्धानमा आफूलाई उपचारका लागि बाहिर ल्याउने प्रहरी जवान धनबहादुर चौधरीलाई ५ लाख रुपैयाँ र जिल्ला कारागारका जेलर युवराज परियारलाई २५ लाख रुपैयाँ बुझाएको बताएको एक अधिकारीले जानकारी दिए ।

‘धनबहादुरले ८ लाख रुपैयाँ मागेका थिए । पछि ५ लाख रुपैयाँमा कुरा मिलेको थियो’, प्रारम्भिक अनुसन्धानका क्रममा यमराजले भनेका छन् । कैदी भगाउन सहयोग गरेको आरोप लागेका दुवै जना पक्राउ परिसकेका छन् ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोगिरहेका यमराज पुष ८ गते उपचारका लागि अस्पताल आउनेक्रममा चालक चौधरीले चलाएको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

घोराहीस्थित विपि चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा खाजा खाँदै गर्दा यमराज बाहिर निस्किएर मोटरसाइकलमा फरार भएका थिए ।

उनी दिउँसो २ बजे त्यहाँबाट निस्किए पनि साँझ ५ बजे मात्र जिल्ला प्रहरी कार्यालयले फरार भएको बारे जानकारी पाएको थियो ।

दाङको राजपुर गाउँपालिका(३ स्थायी घर भएका यमराज कैद सजाय काटिरहेको ७ वर्ष पुगेको थियो । पहिला चौकीदार रहेका उनी पछिल्लो समय जिल्ला कारागारमा नाइके भएर काम गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया