Advertisement
SKIP THIS
अमेरिका र जापानको शक्ति प्रदर्शन, ताइवानको हवाई क्षेत्रमा चिनियाँ लडाकु जहाज

एजन्सी:चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षामन्त्रीले दाबी गरेका छन् । अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त अभ्यास गरेको भोलिपल्ट नै चीनले लडाकु विमान पठाएको हो ।

फिलिपने समुन्द्र ताइवानको पूर्वमा रहेको प्रशान्त महासागरको हिस्सा हो । यो अमेरिका नियन्त्रित गुआम र उत्तरी मरियाना टापूको बीचमा रहेको छ । अमेरिका र जापानको शक्ति प्रदर्शनमा दुई अमेरिकी एयरक्राफ्ट क्यारियर, दुई एसल्ट जाहज, जापानको हेलिकप्टर डिस्ट्रोयर, पाँच डिस्ट्रोयर लगायत सहभागी थिए ।

यता, चीनको लडाकु विमानहरुमा २४ वटा जे–१६ फाइटर जेट, १० वटा जे–१० फाइटर जेट, वाई–९ विमान, दुई वाई–८ विमान र एउटा एच–६ बम्बर रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको अक्टोबरमा पनि चिनियाँ जहाजहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको मन्त्रालयको भनाइ छ । यसमघि गत वर्षको अक्टोबर ४ मा चीनले ५६ वटा लडाकु विमान सो क्षेत्रमा पठाएको थियो ।

तपाईको प्रतिक्रिया