Advertisement
SKIP THIS
कोरोनाबाट बच्न ब्यापारीले अपनाउनु पर्ने सावधानी

काठमाडौं :कोरोना संक्रमण बढ्दो छ । तेस्रो लहर बढेसँगै व्यापार–व्यवसाय सञ्चालन गर्दा पनि निकै सावधानी अपनाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन व्यापार–व्यवसाय गर्दा केही उपायहरू अपनाउन सुझाव दिएको छ ।

१. मास्क लगाइराख्ने र ग्राहकसँग भौतिक दूरी कायम गर्ने ।
२. कुनै सतह छोएपछि वा पैसाको लेनदेन गरेपछि स्यानिटाइजरको प्रयोग गर्ने वा साबुनपानीले हात सफा गर्ने ।
३. भिडभाड हुन नदिन भुइँमा रंगीन टेप, पेन्ट वा चकले गोलो घेरा वा संकेतहरू बनाउने ।
४. हातले धेरै छोड़ने सतहहरू र उपकरणहरू दैनिक निसंक्रमण गर्ने ।
५. हावा ओहोरदोहोर हुन दिन आफ्नो पसल, रेस्टुरेन्ट वा कार्यस्थलको ढोका, झ्याल र भेन्टिलेटर खुल्लै राख्ने ।
६. मानिस–मानिसबीचको सम्पर्क कम गर्न सम्भव भएसम्म अनलाइन भुक्तानी र होम डेलिभरीलाई प्राथमिकता दिने ।

तपाईको प्रतिक्रिया