Advertisement
SKIP THIS
बयालपाटा अस्पतालका पुर्व स्वास्थ सेवा निर्देशक डा. बिकास गौचनलाई कोरोना संक्रमण

काठमाण्डौँ : बयालपाटा अस्पतालका पुर्व स्वास्थ सेवा निर्देशक डा. बिकास गौचनलाई कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको पोखरामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई दोश्रो पटक कोरोना संक्रमण भएको छ ।

कोरोना भाईरस कोभिड १९ संग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले शुक्रबार आफ्नो परिक्षण गरेका थिए । परिक्षणमा भाईरसको संक्रमण पुष्टी भएको उनले बताए ।  पहिलो चरणको कोरोना सुरु हुदाँ डा. गौचनले अछाममा रहेको बयालपाटा अस्पतालमा रहेर बिरामीको उपचार गरेका थिए ।

उनले अस्पतालको नेतृत्व संगै आफु प्रत्यक्ष सहभागी हुदैँ कोरोना संक्रमण बिरामी तथा संक्रमण भएका अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत उनले उपचार गरेका थिए ।

तपाईको प्रतिक्रिया