Advertisement
SKIP THIS
बिवाह गर्न नपाएपछि आत्महत्या

सउल: दक्षिण कोरियामा दुलाहा दुलही खोजिदिने एउटा लमी संस्थाका कर्मचारीसँग विवाद भएपछि एकजना पुरुषले आफ्नो शरीरमा मट्टीतेल छर्केर आगो लगाएका छन् ।

जेजु राज्यका स्थानीय निकायका अनुसार ६४ वर्षीय दक्षिण कोरियाली वृद्धले यसरी आत्मदाह गरेका हुन् । एउटा अन्तर्राष्ट्रिय विवाह निकायले विवाहका लागि केटी खोज्न अस्वीकार गरेपछि उनले यसरी रिस पोखेका थिए । नराम्ररी जलेका उनी अझै बेहोस अवस्थामा छन् ।

स्थानीय न्युज आउटलेट जुङ आङ इल्वाकाअनुसार ती वृद्धले अब आफ्नो विवाह नहुने स्थिति देखेपछि निराश भएर आफूसँगै रहेको प्लास्टिकको बोतलबाट शरीरमा मट्टीतेल छर्केर लाइटरले बालेका थिए । सरकारले अन्तर्राष्ट्रिय पार्टनर खोजिदिने सो कम्पनी र जल्ने वृद्धको नाम भने सार्वजनिक गरेको छैन ।

योन्हाप न्युजकाअनुसार सम्बन्धित ती कर्मचारीले तत्काल पानी छ्यापेर उनको शरीरको आगो निभाउने असफल प्रयास गरेका थिए । वास्तवमा ती वृद्धले पहिले नै एक विदेशी महिलासँग विवाह गरिसकेकाले दोस्रो विवाहका लागि कानुनी अडचन खडा भएको हो । 

दक्षिण कोरियाको आप्रवास कानुनले पहिलो विदेशीसँग विवाह गरेको पाँच वर्ष पूरा नहुन्जेल दोस्रो विवाहका लागि भिसा निवेदन दिन रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया