Advertisement
SKIP THIS
नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं:नेपालमा गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २२ हजार ८ सय २८ कोरोना परीक्षण गरिएको छ। जसमा १७ हजार ८ सय ७२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ६२ जना स्वस्थ भएका छन्।

योसँगै नेपालमा कोरोना सक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ। त्यसैगरी गत २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया