Advertisement
SKIP THIS
कालले पनि राम्रै मान्छे लान्छ छानीछानी

अमरदिप शर्मा अछाम :

कोमलतालाई कठोरता रैछ राहदानी
पहिरो पनि गहिरो मै आउँछ जानी जानी
ताउलो भित्र जाउलो पनि रिस बोकि पाक्छ
रमाएरै खाने बाच्यो सोच्नु भाग्यमानी !

दैवलिला मुर्खतालाई नजरान्दाज गर्ने
कालले पनि राम्रै मान्छे लान्छ छानीछानी
भिरालोको पानी खोला घट्ट कुलो दोशी
डाकै छोडी बोलाएको उईले आफ्नै ठानी !!

पर्ख-पर्ख गित बज्छ भाका छ सुरिलो
नबुझ्नेको दाल गल्यो बनाउला रानी ।।

लेखक साफेँबगर नगरपालिका अछामका प्रमुख प्रशासकीय अधिकृत हुन

तपाईको प्रतिक्रिया